स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको निरीक्षण | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको निरीक्षण


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको  मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् । 

काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन् । हेटौंडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए । 

अस्पतालमा उपचाररत बिरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालले १० प्रतिशत सैय्या विपन्नका लागि छुट्याएर निःशुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए ।

 देशका अधिकांश सरकारी अस्पतालले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गरे । कार्यक्रममा हेटौंडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका विषयमा जानकारी लिएका छन् ।
सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ६ : ०८ बजे

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

सिरहा– नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम ४४

माओवादीको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ

भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन

भोजपुर– जिल्लामा रेबिज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ

ऐलुङ खोलाले बगाएर एक जनाको मृत्यु

ओखलढुंगा– मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने लक्पा शेर्पाको छोरी १४ वर्षीया निमडोमा शेर्पाको

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र