कांग्रेसले अब कुनै दलसँग गठबन्धन गर्दैन : गगन थापा « Khabarhub

कांग्रेसले अब कुनै दलसँग गठबन्धन गर्दैन : गगन थापा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्घाटनमा आएका थापाले अहिले देशका सबै राजनीतिक कार्यकर्ता तथा आमनागरिक सरकार र देशको अवस्थाबाट निराश भएको बताए ।

“माओवादी शान्ति प्रक्रिया र संविधान लेखनपछि केही हुन्छ भनेर आश गरेका नेपालीहरूले दुवै कालखण्डपछि केही नभएकाले निराश छन्”, थापाले भने, “यस्तो अवस्थामा आम नागरिकमा उत्साह छर्ने काम नेपाली कांग्रेस तथा पार्टी कार्यकर्ताहरूको हो ।”

सत्ता र सरकारभन्दा नागरिकको सरोकार प्रमुख भएकाले कांग्रेसले नागरिकको समस्या समधान गरेर निराशाको दलदलबाट उनीहरूलाई उठाउनुपर्ने थापाको भनाइ थियो ।

अर्को प्रसङ्गमा थापाले राजनीतिमा कुनै दुश्मन वा मित्र नहुने कांग्रेसको नीति भएकाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताए ।

सत्ता र सरकार कांग्रेसको प्राथमिकता नभए पनि वर्तमान अवस्थामा कांग्रेसले गठबन्धन गरेर त्यसको विपरीत काम गर्दा नागरिकमा गलत सन्देश गएको थापाको भनाइ थियो । कांग्रेस जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा सङ्घ, प्रदेश र जिल्लाका सात स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : १२ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१