लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने « Khabarhub

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

नीति तथा कार्यक्रममा रोजगारी र व्यावसायिक कृषि, उद्योग र सीपमूलक क्षेत्र सरकारको प्राथमिकतामा रहने छ ।

प्रदेश सरकारले पाँच वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा दुई लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको बुझिएको छ ।

यसैगरी, प्रदेश क्षेत्रमा रहेका खानी, वन तथा नदीलाई व्यवसायिक प्रयोग गर्ने नीति तय गर्ने जनाइएको छ । जसबाट सीमान्तकृत समुदायले आर्थिक लाभ लिन सक्नेछन् । 

यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्व र प्रभावकारी देखिएका योजनालाई पनि सरकारले निरन्तरता दिने छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : २२ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको