गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई | Khabarhub Khabarhub

गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश नामकरणको आन्दोलन आफ्नो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन नसक्ने भए पार्टीले आफ्नो सुरक्षा आफैँ गर्नेसमेत बताएका छन् ।

‘मधेसमा एमालेलाई लखेट्ने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पूर्वमा एमालेलाई लखेट्ने भनियो, २०७० सालमा ताप्लेजुङदेखि पूर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाई ल्याएर परिवर्तन गरे भइहाल्छ तर पहिचानको नाममा एमालेमाथि आक्रमण भइरहेको छ, यो सह्य छैन ।’

सत्ताधारी पहिचानवादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन नसक्ने भए आफैँ आफ्नो सुरक्षा गर्ने पनि उनले बताएका छन् ।

‘कहिले हाम्रो अध्यक्षमाथि हमला हुन्छ, कहिले मुख्यमन्त्रीमाथि हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन्, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन् भने एमालेको सुरक्षा एमाले आफैँले गर्छ ।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ४० बजे

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु

केपी ओली कप फुटबल : आज दुई खेल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन्

बालेनलाई वडाध्यक्षको प्रश्न- नागरिकलाई भेटेर के बिग्रन्छ मेयर साब ?

वार्षिक २५ अर्ब धनराशि चलाउने काठमाडौं महानगर देशकै शक्तिशाली जनप्रतिनिधिमूलक