गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई « Khabarhub

गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश नामकरणको आन्दोलन आफ्नो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन नसक्ने भए पार्टीले आफ्नो सुरक्षा आफैँ गर्नेसमेत बताएका छन् ।

‘मधेसमा एमालेलाई लखेट्ने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पूर्वमा एमालेलाई लखेट्ने भनियो, २०७० सालमा ताप्लेजुङदेखि पूर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाई ल्याएर परिवर्तन गरे भइहाल्छ तर पहिचानको नाममा एमालेमाथि आक्रमण भइरहेको छ, यो सह्य छैन ।’

सत्ताधारी पहिचानवादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन नसक्ने भए आफैँ आफ्नो सुरक्षा गर्ने पनि उनले बताएका छन् ।

‘कहिले हाम्रो अध्यक्षमाथि हमला हुन्छ, कहिले मुख्यमन्त्रीमाथि हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरुले गरिरहेका छन्, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’ उनले भने, ‘तर, यदी गृहमन्त्रीले सुरक्षा दिन सक्दैनन् भने एमालेको सुरक्षा एमाले आफैँले गर्छ ।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ४० बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता