पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री | Khabarhub Khabarhub

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उनले सो घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 

उनले असंवैधानिक, अलोकतान्त्रिक, अशान्ति र ध्वंसात्मक प्रकृतिको गतिविधिलाई राज्य र सरकारले छुट दिन नसक्ने भन्दै संवाद र प्रशासनिक रुपमा विवाद समाधान गर्न सरकार लागिपरेको बताए । 

गृहमन्त्री श्रेष्ठले कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिए ।

इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुख माथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको हो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ५५ बजे

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स