राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा | Khabarhub Khabarhub

राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरुले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकतासम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि नागरिकले नागरिकता पाउनबाट बञ्चित नहुने र कुनै पनि विदेशीलाई नागरिकता नदिने गरि यसलाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए ।

त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा नेपालको राष्ट्रिय, स्वतन्त्रता र स्वाभिमानको विरुद्धमा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए ।

नेपालको भूमि बंगलादेशको मोडेलमा जस्तै सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए । उनले आफ्नो भूमिको रक्षाको निमित्त जस्तो सुकै त्याग र बलिदान दिन तयार रहेको जिकिर गरे । उनले आपत्तीजनक अभिव्यक्ति फिर्ता दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

राप्रपा नेपालको प्रदर्शनमा ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘नेपाली भूमि सट्टापट्टा नीति मुर्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’, लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : २६ बजे

विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?

काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन

काठमाडौं– महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला