आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै ४४ डिग्री पुग्यो नवलपुरको तापक्रम  « Khabarhub

आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै ४४ डिग्री पुग्यो नवलपुरको तापक्रम 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखारहावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

विभागका विभिन्न दुई सय ७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ । चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : १३ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु