कुष्ठरोगीको मनोबल बढाउन समाजको व्यवहार परिर्वतन आवश्यक : मुख्यमन्त्री पाण्डे « Khabarhub

कुष्ठरोगीको मनोबल बढाउन समाजको व्यवहार परिर्वतन आवश्यक : मुख्यमन्त्री पाण्डे


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताएका छन् ।

कुष्ठरोगका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रमसहित परिर्वतन ल्याउन सके बिरामीको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उनले बताए । इन्टरनेशनल नेपाल फेलोशिप नेपालको शून्य कुष्ठरोग रणनीतिको आज पोखरामा शुभारम्भ गर्दै उनले नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारी उद्देश्य प्राप्तिका लागि आइएनएफको साझेदारी रणनीतिको सफलताको कामना गरे ।

मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीप्रति विभेद गर्न नहुनेमा जोड दिए । उनले भने, “कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ । बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । बिरामीको उच्च मनोबल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।”

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : २५ बजे

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा