जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ ।

यसअघि यही जेठ २२ गते जसपाले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको थियो । पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

जसपाले आगामी असार ९ गते विधान अधिवेशन काठमाडौंमा गर्दैछ । विभिन्न कारण देखाउँदै जसपाको विधान अधिवेशन सार्दै आएको छ । यसअघि यही जेठ १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय भएकोमा तयारी नपुगेको भन्दै असारलाई सारिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : ०२ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने