सांसद सोबिता गौतमले डिलिट गरिन आफ्नो ट्विटर अकाउन्ट « Khabarhub

सांसद सोबिता गौतमले डिलिट गरिन आफ्नो ट्विटर अकाउन्ट


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् ।

हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताएकी हुन् । 

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडि मैले ट्विटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तर्वार्तामा भावुक हुदैँ भनेकी छिन, ‘ट्विटर धेरै सकारात्मक कुरा भए पनि ट्विटर कहिले कँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्‍यो भने बौद्धिक मान्छेहरूले ट्विटर प्रयोग गर्छन् ।’

विवाह गरेर जापान गए पछि आफ्नो व्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफू दुःखित भएको पनि उनको भनाई छ । आफूसँग एक पटक पनि नसोधी आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक कुराहरू फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।    

‘म जापान हुँदा मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुँदै भनिन, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’  

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै