हिंसाले बदनाम जम्मु कश्मीरको श्रीनगर सभा, सम्मेलनबाट सुनाम कमाउने प्रयासमा « Khabarhub

हिंसाले बदनाम जम्मु कश्मीरको श्रीनगर सभा, सम्मेलनबाट सुनाम कमाउने प्रयासमा


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मु कश्मीरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सभा सम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण हुन थालेको छ ।

युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका २० देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को अन्तर्राष्ट्रियस्तरको सम्मेलन हालै श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएपछि अन्य सभा सम्मेलन पनि हुन थालेका छन् ।

राज्य सरकारका अनुसार त्यहाँ आगामी असार १४ देखि १८ गतेसम्म कानूनी सेवासम्बन्धी राष्ट्रियस्तरको सम्मेलन पनि हुने भएको छ । देशभरका उच्च अदालतका दुई सय न्यायाधीश पहिलोपटक आयोजना गरिएको यस्तो सम्मेलनमा सहभागी हुन श्रीनगरमा भेला हुने भएका छन् ।

गत मेमा यस्तै प्रकृतिको राष्ट्रिय सम्मेलन र हालै मञ्च जी २० को बैठक सफलतापूर्वक सम्पन्न भएपछि विगतमा हिंसाले धुमिल पारेको श्रीनगरको छवि पुनःस्थापना गर्न पनि कानूनी सेवासम्बन्धी राष्ट्रिय सम्मेलन श्रीनगरमा आयोजना गर्ने निर्णय भएको अधिकारीहरूले बताएका छन् ।

सम्मेलनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डी वाई चन्द्रचुड, केन्द्रीय कानून तथा न्याय राज्यमन्त्री अर्जुनराम मेधवालसहित दुई सय जनाभन्दा बढी न्यायधीश, कानून र न्याय क्षेत्रका प्रवुद्ध व्यक्तिले भाग लिने जम्मु कश्मीर कानूनी सेवा प्राधिकरणले बताएको छ ।

जम्मु कश्मीर र लद्दाख उच्च न्यायालयका प्रधानन्यायाधीशको संरक्षकत्वमा रहेको उक्त प्राधिकरण र केन्द्रीय कानूनी सेवा प्राधिकरणका पदाधिकारी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटेका छन् ।

सम्मेलनका सारतत्व र विषयगत एवम् प्राविधिक पक्षमा त्रुटि हुन नदिन विषय विज्ञ र जानकार अधिकारी एवम् कर्मचारी परिचालन गरिएको छ ।

हरेक विवादको सौहार्दपूर्ण समाधान गर्न तथा समाजका कमजोर वर्गलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउने उद्देश्यले कानूनी सेवा प्राधिकरण ऐनअन्तर्गत सन् १९८७ मा राष्ट्रिय कानूनी सेवा प्राधिकरण स्थापना भएको हो ।

कानून र न्यायमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले प्राधिकरणलाई स्वायत्तता प्रदान गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ३ : ३१ बजे

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका

विदेश बस्ने नेपालीको भावनामा खेल्दै रास्वपा : बलिया देशमा समेत नरहेको अनलाइन मतदानको आश्वासन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वमा अस्तित्वमा रहेका दुई सय

प्रदीप पौडेल यसरी गर्दैछन् घरदैलो (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई