ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो नवाजुद्दिनलाई « Khabarhub

ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो नवाजुद्दिनलाई


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता नवाजुद्दिन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो ।

नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दिन अर्को फिल्म ‘हड्डी’ लाई लिएर चर्चामा छन् ।

फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो । ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकी सारी लगाउनमा उनलाई ३० मिनेट र पुरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो’, उनले भनेकी छन् ।

नवाजुद्दिनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए ।  ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुशी भएका थिए । किनकी उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन् । उनले आफूलाई चरित्रको नजिक महसुस गरेका थिए’, उनले भनेकी छन् ।

राधिकाले नवाजुद्दिनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन् । फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ३ : ३४ बजे

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ’जङ्गे पिलर’ देऊँ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र