प्रजातन्त्र सुदृढका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक : देउवा « Khabarhub

प्रजातन्त्र सुदृढका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक : देउवा


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताएका हुन् ।

उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउँदै गाउ-गाउ घर घर मा पुर्‍याउनुपर्नेमा जोड दिए । अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनले बताए ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले पार्टी भित्रको गुट–उपगुट बढ्दै गए कांग्रेस समाप्त हुने भन्दै गुट–उपगुट अन्त्य गर्नुपर्ने बताए । पार्टीलाई बलियो बनाउनका लागि जनतासँग जोड्ने प्रयास गर्नैपर्ने उनले बताए । त्यस्तै कोइरालाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गरि प्रशासन कार्यालयमा इकाई खडा गर्ने कामले आयोगको कामले लोकतन्त्र मजबुत हुन नसक्ने बताए । 

तीनवटै अदालतले गरेको निर्णयका विरुद्ध राष्ट्रपतिले रेशम चौधरीलाई माफी दिने कुराहरू भोलिका दिनमा गम्भीर हुने भन्दै सरकार टिकाउन गरिएको निर्णयले लोकतन्त्र नै कमजोर हुने बताए ।  

आर्थिक सामाजिक सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठेरोमा परेको भन्दै कोइरालाले यसलाई समानतामा ल्याउन नसके संविधान अप्ठेरोमा पर्न सक्ने धारणा राखे ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ३ : ५४ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका