वर्तमान सरकारले राष्ट्रियताको रक्षा गर्न सक्दैन : ओली | Khabarhub Khabarhub

वर्तमान सरकारले राष्ट्रियताको रक्षा गर्न सक्दैन : ओली


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केही पनि बोल्न नसकेको, नेपालका नदिहरू भारतलाई सितैमा सुम्पेर आएको भन्दै राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताएका हुन् । उनले एमालेको सरकार परिवर्तन भएपनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गरे । 

सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरू एमालेको विरोधमा मात्रै लागेको उल्लेख गरे । उनले आफू नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगायतका अनेक षड्यन्त्र भएपनि एमाले जस्ताको तस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरि तयारी गर्ने बताए । त्यस्तै ओलीले पुराना योगदान, त्याग र बलिदानका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको भन्दै इतिहासलाई सम्मान गर्न जान्नुपर्ने बताए ।

उनले मुलुकमा ठूला ठूला परिवर्तन ल्याएपनि युवाहरूलाई परिवर्तनका बारेमा बुझाउनुपर्ने बताए । ओलीले जनताका काममा समर्पित हुनका लागि कार्ययोजनासहित अघि बढ्न कर्मचारी संगठनलाई निर्देशन दिए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ४ : २९ बजे

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स