बोलेर होइन कामबाट पुष्टि गरौँ : धनराज गुरुङ « Khabarhub

बोलेर होइन कामबाट पुष्टि गरौँ : धनराज गुरुङ


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वालिङ – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताएका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले नेताले जनतालाई आश्वासन नभई कामले पुष्टि गर्नुपर्ने समय भएको बताएका हुन् ।

“आफूले चुनेर पठाएको जनप्रतिनिधिबाट जनताले आशा गरेका छन्”, उनले भने, “जनताले झुटा आश्वासन नभई विकास निर्माण चाहेका छन् ।” उहाँले राजनीतिक दलका नेताको बोलीभन्दा पनि कामको प्रतिफल (उपलब्धि) लाई मूल्याङ्कनको आधार बनाउने भएकाले पनि कामले पुष्टि गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै उहाँले राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए । उनले सम्पत्ति छानबिनको सुरुआत आफैँबाट गर्न पनि आग्रह गरे ।

भ्रष्टाचारीको जात, लिङ्ग, वर्ण केही नहुने भएकाले भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : १७ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा