बोलेर होइन कामबाट पुष्टि गरौँ : धनराज गुरुङ « Khabarhub

बोलेर होइन कामबाट पुष्टि गरौँ : धनराज गुरुङ


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वालिङ – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बोल्नेभन्दा पनि काम गर्ने समय आएको बताएका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले नेताले जनतालाई आश्वासन नभई कामले पुष्टि गर्नुपर्ने समय भएको बताएका हुन् ।

“आफूले चुनेर पठाएको जनप्रतिनिधिबाट जनताले आशा गरेका छन्”, उनले भने, “जनताले झुटा आश्वासन नभई विकास निर्माण चाहेका छन् ।” उहाँले राजनीतिक दलका नेताको बोलीभन्दा पनि कामको प्रतिफल (उपलब्धि) लाई मूल्याङ्कनको आधार बनाउने भएकाले पनि कामले पुष्टि गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै उहाँले राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए । उनले सम्पत्ति छानबिनको सुरुआत आफैँबाट गर्न पनि आग्रह गरे ।

भ्रष्टाचारीको जात, लिङ्ग, वर्ण केही नहुने भएकाले भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  १० : १७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम