यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार | Khabarhub Khabarhub

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ। व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो।

जथाभावी रुपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारी साधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशन सहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। उनले भने, “नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य डस्टविन राख्न भनेका छौ।”

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पनि जथाभावी रुपमा फोहर नफाल्न यातायात समितिमार्फत् जानकारी गराउन निर्देशन दिइएको उनले बताए। जथाभावी रुपमा अटेर गरी फोहर फालेमा पहिलो पटक रु तीन हजार र दोस्रो पटक रु सात हजारसम्म जरीवाना गरिने उनले चेतावनी दिए।

नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो।

नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापन सम्बन्धि सचेतनामूलक बोर्ड राखेको छ। नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य मुख्य भागमा जथाभावी फोहर नफालौ, फोहर फालेमा हुने कानूनी कारवाही लगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ।

व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिहरुलाई जरीवाना गरिने उनले बताए। त्यस्ता व्यक्तिहरुलाई पहिलो पटक रु तीन हजार जरीवाना, दोस्रो पटक सोही कसुर गरेमा रु तीन हजारदेखि रु सात हजारसम्म जरीवाना र फोहरमैला उठाउँदा लाग्ने खर्च समेत निजबाट असुल उपर गरिने जनाइएको छ।

साथै जथाभावी चोक चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ। उनले भने, “जथाभावी रुपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौ। यसले गर्दा फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौ।”

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ। नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ।

स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन भने सकेको छैन। व्यास नगरपालिका सरसफाई केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटेपनि उक्त प्रयास सफल हुन सकिरहेको छैन।

व्यास नगरपालिकाले हाल वडा नम्बर १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ। यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो। उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेंमा फोहर फाल्दै आएको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : १७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले