स्विडेनको राजधानीमा गोलीवारिमा एकको मृत्यु, दुई घाइते « Khabarhub

स्विडेनको राजधानीमा गोलीवारिमा एकको मृत्यु, दुई घाइते


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

स्टकहोम – स्वीडेनको राजधानी स्टकहोममा गोलीवारिमा परी एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरी अधिकारीका अनुसार घाइते किशोरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यलाई अस्पतालमा भर्ना गरिएको छ। स्टकहोम प्रहरीका प्रवक्ता टोभ हागले मिडियालाई दिएको जानकारी अनुसार घटनास्थलमा मृत्यु भएका किशोर १५ वर्षका थिए।

गोली लागेर अन्य १५ वर्षीय बालक र ४५ देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला घाइते भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ। प्रहरीका अनुसार गोली चलाएको एक घण्टाभित्रै स्टकहोमको दक्षिणतिर कारको पछि लागेर दुई जना अभियुक्तलाई पक्राउ गरेको बताए।

उनीहरूलाई प्रहरीले हत्या र ज्यान मार्ने उद्योगको अनुसन्धान थालेको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : ४७ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट