भारतमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु  « Khabarhub

भारतमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु 


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै पर्ने खटियास्थित चरकपुरमा भएको सडक दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ ।

शनिबार उल्टाखाममा पूजापाठ सकेर भारतको उत्तराखण्ड खटिमास्थित मुडेलीतर्फ फर्किने क्रममा विपरित दिशाबाट गुडिरहेको कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

एकै परिवारका चार जना वनबासा हुँदै दुईवटा स्कूटरमा खटियातर्फ गइरहेका बेला दुर्घना भएको हो । 

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका नेमबहादुर चन्द, उनकी श्रीमती सरस्वती, बुहारी नर्मदा र भाइ बुहारी कल्पना चन्दको मृत्यु भएको हो ।
चकरपुरमा उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‌याउने बित्तिकै मृत घोषित गएिको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : २५ बजे

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज