जी २० का प्रतिनिधि वाराणसीमा « Khabarhub

जी २० का प्रतिनिधि वाराणसीमा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वाराणसी- जी २० का विकासमन्त्रीको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि वाराणसी पुगेका छन् ।

विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वादन समितिले भव्य स्वागत गरेको थियो । विमानस्थलमा विदेशी पाहुनाले डमरु वादन र भारतीय नृत्य पनि प्रस्तुत गरेका थिए ।

आगामी तीनदिनसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा भाग लिन पवित्र नगरी काशी आउनेमा अष्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकासमन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री शुन्सुके ताकेई र चीनका झाओ यिफानलगायत छन् ।

सांस्कृतिक विविधताले समृद्ध भारतका नागरिकले विमानस्थलमा आफूहरूलाई गरेको स्वागतबाट विदेशी पाहुना निकै खुशी देखिएका थिए । बैठकको अध्यक्षता जी ट्वेन्टीको वर्तमान अध्यक्ष देश भारतका विदेशमन्त्री एस जयशङ्करले गर्दैछन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ४५ बजे

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

मस्को– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम– मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी