नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा « Khabarhub

नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिए ।

हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा तुलाधरले यो अवधिमा ६ लाखभन्दा धेरै बालिबालिकाले हेल्पलाइनमा सम्पर्क गरेको बताए । उनले नेपालमा भूकम्प गएको वर्ष २०७२ मा सबैभन्दा धेरै एक लाख बालबालिकाले हेल्पलाइनमा सम्पर्क गरी आफ्ना समस्या टिपोट गराएको बताए।

यो अवधिमा सिविनले ४ हजारभन्दा धेरै बालबालिकासम्बन्धी मुद्दालाई अदालतमा प्रवेश गराएको र १६ हजारभन्दा धेरैलाई पारिवारिक पुनर्स्थापना गरिएको तुलाधरले जानकारी दिए ।

बाल हेल्पलाइनका कार्यक्रम संयोजक सागर भण्डारीले बालश्रम, बालविवाह, यौन शोषण र दुर्व्यवहार, सडक बालबालिका, द्वन्द्व प्रभावित बालबालिका र बेचबिखनमा परेका बालबालिकालाई सिविनले उद्धार गरेको जानकारी दिए ।

उनले सूचना प्रविधिको बढ्दो उपयोगका कारण पछिल्लो समय हेल्पलाइनको महत्व अझै बढे पनि कहिलेकाहीँ फोन नलाग्ने समस्याले चुनौती थपेको बताए ।

कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि राज्यसँग बलियो संरचना हुनुपर्ने र हेल्पलाइनको पहुँच बढाउन प्रचारप्रसारमा अझ बढी जोड दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ३१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र