विपद् व्यवस्थापनमा गम्भीर बन्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

विपद् व्यवस्थापनमा गम्भीर बन्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औँ बैठकलाई सम्बोधन गर्दै उनले त्यसतर्फ गम्भीर हुन मातहतका निकाय तथा सरोकारवाला निकायलाई निर्देशन दिए । “यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्”, उनले भने, “के के गर्नुपर्ने हो अहिले नै तयारी गरौँ, ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।”

कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहो¥याउने गरी काम गर्न पनि आग्रह गरे । उनले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरेर तयार पारी तत्काल लागू गर्न निर्देशन दिए ।

पछिल्लो समयमा तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उनले कहाँ के गर्नुपर्ने हो खास योजना तयार पार्न पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए । “एक दुई दिनमै त्यस विषयमा ठोस प्रस्ताव ल्याउनुहोस्, त्यो कार्यान्वयनमा जाने गरी आओस्”, उनले भने ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : ५६ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा