उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण « Khabarhub

उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ ।

बतासेकी राधाकुमारी मगरका अनुसार बतासेको ट्याङकीमा जम्मा गर्ने स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङकी रित्तै भएपछि गाउँमा पानीको हाहाकार बन्न पुगेको छ । एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताए ।

उदयपुर गढी–७ का वडाध्यक्ष भुवन मगरले भने, “यस वडाका करिब ५० घर परिवार पानीविहीन भएपछि सङ्घीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ ।”

वडाध्यक्ष मगरका अनुसार आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको छ । प्रदेशसभा सदस्य बुर्जा मगरका अनुसार आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यानाथ खोलाको पानी दिनमा पाँच÷छ पटकसम्म बोकेर ५० वितरण सुरु गरिएको हो ।

यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ४२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर