रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी « Khabarhub

रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले आफ्नो बहुप्रतिक्षित प्रतिआक्रमण कारवाहीको पहिलो दिनमा देशको दक्षिण पूर्वमा रहेको ब्लाहोदात्ने, मकारिभकानेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको पुष्टि गरेका छन् ।

शनिबार राष्ट्रपति जेलेन्स्कीले प्रतिआक्रमण सुरु भएको बताएका थिए ।

युक्रेनले कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सव मनाइरहेको भन्दै केही सामाजिक सञ्जालमार्फत तस्वीर तथा भिडियो सार्वजनिक गरेको छ ।

तर रुसले भने आफ्नो नियन्त्रणमा रहेको एक इन्च जमिन पनि युक्रेनले फिर्ता लान नसकेको बताएको छ ।

रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु