संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै « Khabarhub

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका मुद्दामा छलफल हुने


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ ।

कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ ।

समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय दिएको थियो ।

उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ ।  त्यसपछि कार्कीसँग बयान हुनेछ । कार्कीको बयान पछि सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : ४९ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र