प्रधानन्यायाधीशमा सिफारिस कार्कीको अन्तिम सुनुवाइ बिहीबार हुने  | Khabarhub Khabarhub

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको अन्तिम सुनुवाइ बिहीबार हुने 


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका बारेमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवन सिंहदरबारमा आज बसेको समितिको बैठकले बिहीबार अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरेकाे  छ।

समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गर्नेछ । यस्तै, प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग बिहीबार बयान हुने तालिका रहेको छ ।

कार्कीले समितिसमक्ष आफ्ना कार्ययोजना प्रस्तुत गरिसकेका छन् । 

वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस कार्की विरुद्ध समितिलाई २९ वटा उजुरी परेका छन् । 

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीले ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि  अनिवार्य अवकाश पाउँदै छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १२ : ३० बजे

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २० गते आइतबार सन्

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर – नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असोज २० गते आइतबार तदनुसार