प्रधानन्यायाधीशमा सिफारिस कार्कीको अन्तिम सुनुवाइ बिहीबार हुने  « Khabarhub

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको अन्तिम सुनुवाइ बिहीबार हुने 


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका बारेमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवन सिंहदरबारमा आज बसेको समितिको बैठकले बिहीबार अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरेकाे  छ।

समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गर्नेछ । यस्तै, प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग बिहीबार बयान हुने तालिका रहेको छ ।

कार्कीले समितिसमक्ष आफ्ना कार्ययोजना प्रस्तुत गरिसकेका छन् । 

वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस कार्की विरुद्ध समितिलाई २९ वटा उजुरी परेका छन् । 

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीले ६५ वर्षे उमेरहदका कारण आगामी साउन २० देखि  अनिवार्य अवकाश पाउँदै छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १२ : ३० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक