नीति तथा कार्यक्रमभन्दा फरक बजेट आयो : अध्यक्ष नेपाल « Khabarhub

नीति तथा कार्यक्रमभन्दा फरक बजेट आयो : अध्यक्ष नेपाल


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको बताएका छन् ।

समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको र यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको बताए ।

जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटबारे छलफल अन्तक्रिया गर्न नपाएको र आगामी बजेटमा यसलाई ध्यान दिने भन्दै आश्वस्त तुल्याएको नेपालले बताए । उनले दलहरुबीच केही मतभेद हुनसक्ने भएपनि अहिले गठबन्धनको विकल्प नरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले सत्ता बाहिरको गठबन्धनमा संविधानमा आघात पुराउने र संघीयतालाई समाप्त पार्न सक्ने शक्तिहरु रहेको रहेको भन्दै सत्ता गठबन्धन लोकतान्त्रिक गठबन्धन भएको जिकिर गरे ।

उनले एकता संघर्ष र नयाँ स्तरको एकताको मान्यताका साथ अघि बढिरहेको जिकिर गरे ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ५ : ०९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने