जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत « Khabarhub

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् ।

सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए । सोही विषयको जवाफ दिँदै अर्थमन्त्री महतले निर्वाचन कार्यालय खारेज गर्ने र अधिकार कटौती गर्ने सरकारको मनसाय नरहेको स्पष्ट पारेका हुन् ।

‘७७ जिल्लाका निर्वाचन कार्यालय खारेज भयो भन्ने होइन । अब त्यो छुट्टै कार्यालय खारेज गर्ने भन्ने हामीले प्रस्ताव राखौँ । त्यो विषयमा निर्वाचन आयोगको भ्यु आयो । यो कार्यालय निरन्तर नै हुन्छ, त्यो कहाँनिर हुन्छ, कसरी हुन्छ, छलफलबाट टुंग्याउँछौँ,’ बैठकमा उनले भने, ‘यो निर्वाचन आयोगलाई खारेज गर्ने, अन्डरमाइन्ड गर्ने, त्यसको अधिकार कटौती गर्ने कुनै मनसाय हाम्रो छैन । हामी यही अधिकारको लागि लडेर आएको हौँ ।’

 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ५ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा