गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालय बनाउनुपर्छ : कांग्रेस नेता महर | Khabarhub Khabarhub

गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालय बनाउनुपर्छ : कांग्रेस नेता महर


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य महरले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सके नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गरे ।

गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए सुदूरपश्चिमका जनतालेमात्र नेपालका साथै भारतका जनताले पनि उपचार पाउने बताए ।

‘अहिले हाम्रा सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले उपचारका लागि भारत धाउनुपर्ने अवस्था छ । हामीले विश्वविद्यालय निर्माण गरेर गेटामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके भारतका जनता पनि नेपाल आउने छन् । जसरी गेटा आँखा अस्पतालमा उपचार गर्न आउँछन्, त्यसरी नै त्यहाँ पनि आउने छन्। यसले यसै क्षेत्रको विकास हुने हो’ उनले भने । यो मेडिकल पर्यटनका रूपमा पनि अगाडि बढ्ने उनको दाबी छ ।

विश्वविद्यालय निर्माण भए आसपास प्रदेशका जनताको स्वास्थ्यवस्था सुधारिने, छिमेकी देश भारतबाटसमेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या बढ्ने भएकाले सुदूरपश्चिमको आर्थिक अवस्था र स्वास्थ्य अवस्थामा सुधार महरले बताए । सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको उनको भनाइ छ ।

धेरै रोगहरूको सामान्य उपचार हुने भएपनि विश्वविद्यालय भए मेडिकल हब हुने महरले बताए । गेटामा विश्वविद्यालय, कञ्चनपुर र डडेल्धुराका अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने उनको धारणा थियो । सरकारले बारम्बार सुदूरपश्चिमका जनताको स्वास्थ्यमाथि खेलबाड गरेको महरको आरोप छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ३० बजे

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक