एलन मस्कका चार हजार ५ सय बढी ‘स्टारलिंक स्याटेलाइट’ अन्तरिक्षमा | Khabarhub Khabarhub

एलन मस्कका चार हजार ५ सय बढी ‘स्टारलिंक स्याटेलाइट’ अन्तरिक्षमा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– विश्वकै धनी ब्यक्ति एलन मस्कले अन्तरिक्षमा आफ्नो पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेपछि उनको अन्तरिक्षमाथिको पकड बलियो बन्दै गएको हो ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार ट्वीटरटेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनी स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो । 

अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो ।

समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको नवौँ प्रक्षेपण र अवतरण हो ।

अन्तरिक्षको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइट यसपटक पृथ्वीको तल्लो कक्षमा छाडिएका छन् । प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाड्ने काम सम्पन्न भएको हो ।

हालसम्म स्पेस एक्सले राखेका ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट मध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको स्पेश एक्सका खगोलशास्त्री जोनाथलन म्याडेवल जानकारी दिएका छन् ।

स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि मस्कले १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । तर, उनले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति माग गरेको तर त्यसमा दिने–नदिने भन्नेमा पुनर्विचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जानकारी जनाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ३५ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक