काठमाडौंमा भाइले गरे दाइको हत्या  « Khabarhub

काठमाडौंमा भाइले गरे दाइको हत्या 


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ओमबहालस्थित हतौडा प्रहार गरी भाइले आफ्नै दाइको हत्या गरेका छन्।

सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। 

घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको हुन् ।  एसपी रिजालका अनुसार आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी दाइको हत्या गरेका हुन् ।

घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पक्राउ गरेको हो। 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १ : ५४ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा