एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई सरकारले दियो धन्यवाद | Khabarhub Khabarhub

एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई सरकारले दियो धन्यवाद


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसमा खटिने वकिललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

उनले भने, “अन्तर्राष्ट्रिय कोर्टमा एनसेलले नै मुद्दा गरेको थियो, त्यस सन्दर्भमा अहिले केही दिन अगाडि मात्रै फैसला भयो र त्यसमा नेपाल पक्षले जितेको छ, यदि नेपाल पक्ष हारेको भए रु ६०र६५ अर्ब नेपाललाई घाटा हुन्थ्यो ।” सो मुद्दा जित्नु मुलुकको लागि हितजन्य कार्य भएको बताउँदै मन्त्री गुरुङले मुद्दामा पैरवी गर्ने वकिल, कानुन मन्त्रालयलगायत अहोरात्र खटिने सबै पक्षलाई धन्यवाद दिने निर्णय भएको सुनाए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ४३ बजे

तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

काठमाडौँ- तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने  

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग

‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी

काठमाडौं – असोज ३१ बाट प्रदर्शनमा आउन लागेको नायक अनमोल

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

एजेन्सी– ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरेर मनाइयो

काठमाडौं– आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन मंगलबार