मधेसको जनसङ्ख्या सात लाख बढीले बढ्यो « Khabarhub

मधेसको जनसङ्ख्या सात लाख बढीले बढ्यो


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले आज बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो ।

यसअघि २०६८ को राष्ट्रिय जनगणनामा मधेसको जनसङ्ख्या ५४ लाख चार हजार एक सय ४५ थियो । २०७८ को गणनामा यो सङ्ख्या बढेर ६१ लाख १४ हजार छ सय पुगेको छ । पुरुष ३० लाख ६५ हजार सात सय ५१, महिला ३० लाख ४८ हजार आठ सय ४९ र अन्य लिङ्गी (तेस्रोलिङ्गी) दुई हजार नौ सय २८ रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले जानकारी दिए ।

मधेसको वार्षिक जनसङ्ख्या वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी पाइएको छ । पछिल्लो गणनामा राष्ट्रिय जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत वार्षिक देखिएको छ तर मधेसमा यो दर १.१९ प्रतिशत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । मधेसभित्र सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रौतहटमा १.६३ प्रतिशत र सबैभन्दा कम पर्सामा ०.८२ प्रतिशत रहेको निर्देशक घिमिरेले स्पष्ट पार्नुभयो ।

यसैगरी मधेसमा पछिल्ला १० वर्ष (२०६८–२०७८) बीच परिवार सङ्ख्या पनि बढेको छ । विसं २०६८ मा नौ लाख ३२ हजार तीन सय आठ परिवार रहेका थिए । यो सङ्ख्या २०७८ मा बढेर ११ लाख ५६ हजार तीन सय ८३ पुगेको छ । यो वृद्धिदर २४।०१ प्रतिशत भएको प्रतिवेदन उद्धृत गर्दै घिमिरेले बताए ।

मधेसमा पछिल्लो जनसङ्ख्या तालिकाअनुसार सबैभन्दा बढी जनसङ्ख्या धनुषामा आठ लाख ६७ हजार सात सय ४७ र सबैभन्दा कम पर्सामा छ लाख ५४ हजार चार सय ७१ रहेका उल्लेख छ । त्यसैगरी तालिकामा बढी जनसङ्ख्या क्रममा धनुषापछि सर्लाही, रौतहट, बारा, सिरहा, महोत्तरी र सप्तरी छन् । कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुनिकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : ४२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको