राहुल गान्धीको अमेरिकामा ट्रक यात्रा « Khabarhub

राहुल गान्धीको अमेरिकामा ट्रक यात्रा


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

न्युर्योक– चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् । राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । 

उनले आफ्नो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् । यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए । 

आफ्नो यात्रामा राहुलले ट्रक चालकसँग राजनीतिदेखि मुद्रास्फीतिसम्मका विषयमा छलफल गरेको जनाईएको छ ।  यात्राको क्रममा राहुलले सिद्धु मुसेवालाको गीत पनि सुनेका थिए । 

 राहुलले भने, अमेरिकाका ट्रकहरू बढी सहज छन्  । उनी वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसे । राहुलले भने– ‘भारतको भन्दा अमेरिकाका ट्रक धेरै सहज छन् । भारतका ट्रकहरूले चालकको सुविधाको वास्ता गर्दैनन्। तिनीहरू ट्रक चालकहरूको लागि बनाइएका छैनन्।’

ताजिन्द्रले राहुललाई अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनी जानकारी दिएका छन् । राहुल गान्धी मे ३० देखि अमेरिकाको भ्रमणमा छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै