काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
योसँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ थियो । यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । योसँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया