व्यवसायीलाई घर भाडामा छुट | Khabarhub Khabarhub

व्यवसायीलाई घर भाडामा छुट


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।

आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग वाणिज्य सङ्घ चितवनले घरभाडामा लगाउने घरधनीलाई आफ्नो अनुकूलताअनुसार घरभाडामा छुट दिन अपिलसमेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा ह्रास आएको र व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।

कोभिड–१९ र त्यसपछि सिर्जना भएको व्यावसायिक जटिलता, बैंक ब्याज वृद्धि जस्ता समस्याको सामना गर्दै आएका उद्योगी व्यवसायी अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैँबाट सुरु गरिएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
उनले वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीले कम्तीमा यो अवस्था सहज नहुँदासम्मका लागि घर भाडामा केही प्रतिशत छुट दिन अनुरोध गरे। घर बहाल सम्झौताबमोजिम यस वर्ष घर बहालमा वृद्धि गर्ने समय आएका घरधनीलाई यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्नसमेत सङ्घले अपिल गरेको छ । सङ्घको मातहतमा रहेका व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौताबमोजिम यस वर्ष वृद्धि हुने बहाल रकमसमेत छुट दिएको अध्यक्ष श्रेष्ठले बताए ।

केही दिनअघि मात्र घरबहाल उपभोक्ता मञ्च चितवनले घरभाडा छुट दिन घरबेटी र छुट गराएर मात्र भाडा तिर्न व्यवसायीलाई आह्वान गरेको थियो । विभिन्न व्यावसायिक सङ्घसंस्थाको समर्थनमा मञ्चले दबाबमूलक कार्यक्रमसमेत गरिरहेको छ । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको भन्दै घरभाडा छुट नभएसम्म व्यवसाय टिकाउन नसकिने अवस्था आएको बताए । उनले मञ्चले गरेको आग्रहअनुसार उद्योग वाणिज्य सङ्घबाटै घरभाडा छुटको सुरुआत हुनु सकारात्मक भएको बताए ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : १७ बजे

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा