‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने « Khabarhub

‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन् । साउथको यो प्रतीक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन् । फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ ।

फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन् । इमरानको यो तेलुगु डेब्यू फिल्म हो ।
‘म ओजीका साथ नयाँ यात्रा गर्न उत्साहित छु । फिल्मको कथा मजबुत र मनोरन्जक छ । यसले मलाई चुनौतीपूर्ण भूमिका प्रदान गरेको छ । पवन कल्याण, सुजीत, दानय्याटीमका साथ काम गर्न उत्साहित छु’, इमरानले भनेका छन् ।

फिल्ममा प्रकाश राज, अर्जुन दास र श्रीया रेड्डीको पनि अभिनय छ । डीवीवी दानय्याले निर्माण गरेको फिल्म डीवीवी इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको हो । फिल्ममा निर्देशक सुजीतकै लेखन छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५१ बजे

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान

काठमाडौं- गत वर्ष जेन-जी आन्दोलन भएदेखि नेपाली कांग्रेस बिरामी परेको