लोकसेवा आयोगलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह « Khabarhub

लोकसेवा आयोगलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । 

आयोगको ७३ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको भन्दै थप प्रभावकारी रुपमा काम कारवाहीलाई अघि बढाउन आग्रह गरे । 

उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशा र भरोसाका रुपमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । 

उपराष्ट्रपति यादवले गलत भर्ना र छनौटका कारण प्रशासनिक क्षेत्रभित्र खराबी प्रवेश गर्न सक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहन गर्न परीक्षणका विधिलाई समयसापेक्ष परिमार्जन गदै लैजानुपर्ने बताए ।

कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन प्रणालीगत विकास गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ३८ बजे

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

काठमाडौं- समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक

अतिकम विकसित मुलुकबाट स्तरोन्नति स्थगन गर्न नेपालले पठायो औपचारिक पत्र

काठमाडौं– नेपाल सरकारले नेपाल सरकारले अतिकम विकसित मुलुक बाट हुने

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

धरान– सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला