काठमाडौँ महानगरले हटायो अव्यवस्थित टिकट काउन्टर  « Khabarhub

काठमाडौँ महानगरले हटायो अव्यवस्थित टिकट काउन्टर 


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट बिभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ ।

काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चावहील, बल्खु लगाएका स्थानमा पुगेर अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर हटाएको हो । सो क्रममा महानगर प्रहरीले टिकट बिक्रीका लागि लागिएका बोर्ड व्यानर हटाएर जफत गरेको छ ।

महानगरपालिकाले काठमाडौँ उपत्यकाका सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका सूचना जारी गरी आजदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । उपत्यका बाहिरिने साना सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्क पछाडि पार्किङ  र टिकट काउन्टरको व्यवस्था गरिएको महानगरले जनाएको छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ४१ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि