वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक | Khabarhub Khabarhub

वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले वीपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ४७ बजे

मुहूर्तमा निर्देशक लामाले खुलाए ‘डोरी’को अर्थ

काठमाडौं- कीर्तिमानी बक्स अफिस कलेक्सन गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’की अभिनेतृ

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा 

काठमाडौं – भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्।  भोलि (शुक्रबार)

श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

एजेन्सी – भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण