रसुवामा विद्युत विकासबारे समीक्षा सम्पन्न « Khabarhub

रसुवामा विद्युत विकासबारे समीक्षा सम्पन्न


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवा जिल्लाभित्रका निर्माणाधीन सबै जलविद्युत् आयोजनाले हालसम्म गरेका कामको समीक्षा एवम् समन्वयात्मक छलफल सम्पन्न भएको छ ।

निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था, हालसम्मको कार्य प्रगति, निर्माण चरणका उत्पन्न समस्या र समाधानका लागि गर्नुपर्ने सहकार्य जस्ता विविध विषयमा छलफल भएको थियो ।

जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको सो छलफलमा २२ मेघावाट चिलिमे, एक सय ११ मेगावाट रसुवागढी, ५७ मेगाबाट तल्लो र माथिल्लो सञ्जेन, १४.३ माथिल्लो मैलुङ, दुई सय १६ मेगावाट अपर त्रिशूली वान, ६० मेगावाट माथिल्लो त्रिशूली थ्री–ए लगायतका दर्जनौँ जलविद्युत् आयोजनाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले बताए ।

रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामा आइपर्ने समस्या समन्वयकारी हिसाबले समाधान गर्न जिल्ला समन्वय समिति तयार रहेकाले आयोजना निर्माणका क्रममा स्थानीय स्तरको समस्या स्थानीय स्तरमै मिलाउन सहजीकरण गर्दै आएको बताइएको छ ।

कार्यक्रममा भूमिगत संरचना निर्माणका लागि विस्फोटक पर्दाथको अभाव, बर्खायामको पहिराका कारण सडक मार्ग अवरुद्व हुँदा सामान ढुवानीमा असर पर्ने गरेको भए पनि क्रमिक रूपले आपूर्ति व्यवस्था मिलाई काम आगाडि बढिरहेको विद्युत् निर्माण गर्ने कम्पनीका प्रतिनिधिले बताएका थिए ।

साठी मेगावाटको माथिल्लो त्रिशूली थ्री–ए र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना भने चालु अवस्थामा रहेको र एक सय ११ मेगावाट क्षमताको रसुवागढी, १४ दशमलव आठ मेगावाटको माथिल्लो साङ्जेन, ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन एवम् १४ दशमलव तीन मेगावाटको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण तथा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइएको थियो ।

छलफलमा मोल्निया पावर कम्पनीमार्फत निर्मित पाँच वर्ष अगाडिदेखि सञ्चालनमा आइसकेको पाँच मेगावाट मैलुङ जलविद्युत् कम्पनीका प्रतिनिधि अनुपस्थित रहेका थिए । रसुवालीलाई दिइएको शेयर हालसम्म ‘डिम्याट’ खातामा नपठाउँदा मर्का परेकाले जिल्ला समन्वय समितिमार्फत काम सुरु गर्न स्थानीयले मागसमेत गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ५८ बजे

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या