दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दिनभर आज बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश, गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत, कर्णाली प्रदेशमा ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट, आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिन मेयर बालेनकाे आग्रह,प्रधानन्यायाधीश कार्कीले लिए सपथ, समाजवादी मोर्चा घोषणालाई नेकपा एसले छिट्टै अगाडि बढाउने लगायत समाचारले प्रमुख स्थान पाए । 

बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन । जसअन्तर्गत पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।

कर्णाली प्रदेशमा ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि झण्डै ३३ अर्ब ३८ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

आज आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभा बैठकमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशले ल्यायो बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गरेका हुन् ।

उनले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेको बताए ।

बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले कूल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख र वित्तीय व्यवस्थापनतर्फ ५० करोड विनियोजन गरिएको हो ।

आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिन मेयर बालेनकाे आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।

उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् ।

सांसदको सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्छ : सांसद सुवाल

देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गरेका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्ने सांसद प्रेम सुवालले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिक रूपमा भएको छलफलमा सांसद सुवालले खर्च कटौतीको प्रस्ताव पेस गर्दै बजेट परिमार्जन गर्न प्रधानमन्त्री र अर्थमन्त्री तयार हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

बजेटमा सत्तापक्षकै रुवाबासी देखियो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको रुवाबासी देखिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले बजेटका विषयमा प्रतिपक्षीको भन्दा पनि सत्ता पक्षका केही सांसदको बढी रुवाबासी देखिएको बताए ।

उनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरे । बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे राम्रो परम्पराको सुरुवात हुने र संसदको पनि गरिमा बढ्ने उनको भनाइ थियो ।

लुम्बिनीको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो ।

चालु आर्थिक वर्षका ११ महिनामा सरकारी आम्दानी र खर्च निकै न्यून

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुवाती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

नेपाल बारलाई हस्तक्षेपमुक्त बनाउन कानून व्यवसायीको ज्ञापन पत्र

नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै बिभिन्न कानून व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । आज बार परिसर रामशाहपथमा पुगेर उनीहरूले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायपालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश कार्कीले लिए सपथ

प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीले सपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । दुई नेताबीच भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमण, सङ्घीय बजेट, सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायतका शान्ति प्रक्रियाका बाँकी कार्यलगायतका विषयमा महत्वपूर्ण विचारविमर्श भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

समाजवादी मोर्चा घोषणालाई नेकपा एसले छिट्टै अगाडि बढाउने

नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले मोर्चामा रहने दलहरूको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने बताए ।

लोकसेवा आयोगलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

आयोगको ७३ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको भन्दै थप प्रभावकारी रुपमा काम कारवाहीलाई अघि बढाउन आग्रह गरे ।

गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिव, गृहमै अतिरिक्त समूहमा रहेकाहरुलाई पदस्थापन तथा सरुवा गरिएको हो । त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ०१ बजे

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु

श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा 

सुनसरी– आफ्नै पेटमा खुकुरी प्रहार गरेर आन्द्रा भुँडी निस्केको अवस्थामा

भारतबाट दशैँ मनाउन दुई लाख बढी नेपालगञ्ज नाका हुँदै घर फर्किए

राँझा – रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख

चंगा‍‍ चेट ! (तस्बिरहरु)

काठमाडौं । प्राचीन कालदेखि चीनबाट शुरु भएको चंगा उडाउने प्रचलन