नवनियुक्त प्रधानन्यायाधीश कार्कीले गरे पदभार ग्रहण « Khabarhub

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले गरे पदभार ग्रहण


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा आफ्नै संयोजकत्वमा बनेको न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा बसेर बनेको कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताए ।

उनले भने, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं ।”

उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए । प्रधानन्याधीश कार्कीले न्यायधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज् कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ५० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक