भाजपाका एक प्रभावशाली नेता पक्राउ  « Khabarhub

भाजपाका एक प्रभावशाली नेता पक्राउ 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मदुरै– दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा) का एक प्रभावशाली नेता पक्राउ परेका छन् । भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी सो क्षेत्रका शक्तिशाली नेताको रूपमा चिनिन्छन् । 

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) अर्थात सीपीआईएमले भाजपाका राज्य सचिव सूर्यले आफ्नो सोशल मिडिया खातामा जारी गरेको पोस्ट आपत्ति जनक भएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।

सूर्यलाई भारतीय दण्ड संहिता (आईपीसी) र सूचना प्रविधि (आईटी) ऐनको विभिन्न धारा अन्तर्गत पक्राउ गरि मुद्दा चलाइएको भारतीय प्रहरीले जनाएको छ। भाजपाका राज्य इकाई प्रमुख के अन्नामलाईले भने उक्त कार्यको निन्दा गर्दै यसलाई ‘अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण’ गर्ने प्रयास भन्दै प्रतिक्रिया दिएका छन् ।

अन्नामलाईले ट्वीट गरे, ‘बीजेपीको तमिलनाडु इकाईका राज्य सचिव थिरु सूर्यको गिरफ्तारी अत्यन्त निन्दनीय छ। उहाँको एउटै गल्ती कम्युनिष्ट (द्रविड मुनेत्र कझगम) हरूका सहयोगीहरूको दोहोरो मापदण्डको पर्दाफास गर्नु थियो।

उनले अगाडि भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सरकारी संयन्त्रको दुरुपयोग गर्नु र अलिकति आलोचनामा झुक्किनु लोकतान्त्रिक रूपमा निर्वाचित नेतालाई साँच्चै अलोकतान्त्रिक र निरंकुश नेतामा परिणत हुने संकेत हो, यस्ता गिरफ्तारीले हामीलाई निरुत्साहित गर्दैन। हामी यो घटनालाई बाहिर ल्याउने प्रयास जारी राख्नेछौं।’ 

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का पार्षद विश्वनाथनलाई प्रहार गर्दै सूर्यले टविट गर्दै भनेका थिए, ‘मदुरैमा एक सरसफाइ कर्मचारीको काम गर्ने क्रममा मृत्यु भएको छ किनभने उनलाई ढलको पानीमा काम गर्न बाध्य पारिएको थियो, जसले गर्दा उनको शरीरमा एलर्जी भएको थियो।’

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १ : ०७ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा