एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा : अध्यक्ष ओली « Khabarhub

एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा : अध्यक्ष ओली


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् ।

शनिबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसँग मुकावला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन् ।

उनले गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुची नभएको जिकिर गरे । ओलीले अहिले केही दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्णतर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गरे ।

अहिले देशको रक्षा गर्नुपर्ने भएकाले मुलुकको स्वाभिमान छाडेर विदेशीका सामू लम्पसार पर्ने नभई समानताका आधारमा कुरा गर्न सक्नुपर्ने उनले बताए । ओलीले एमालेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा सहित धेरै राम्रा काम गरेपनि राम्रा कामको प्रचार हुन नदिने र भ्रम छर्ने काम मात्रै भएको गुनासो गरे ।

ओलीले आफ्नो अभिव्यक्ति तथ्यका आधारमा राख्ने गरेको भन्दै बिनाप्रमाण आधार कसैलाई पनि झुटो आरोप लगाउने काम नगरेको दाबी गरे ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ५ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको