माओवादीसहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने | Khabarhub Khabarhub

माओवादीसहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको आज घोषणा गरिने भएको छ । 

दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा मोर्चाको घोषणा गर्न लागिएको हो ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल,  नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरूले अनुरोधसमेत गरेका छन् ।

मोर्चा घोषणा सभामा आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिवद्धतापत्र, साझा न्यूनतम कार्यक्रम लगायतका बारेमा स्पष्ट पारिने जनाइएको छ ।

समाजवादी मोर्चा बनेपछि उक्त मोर्चा संसदमा तेस्रो शक्तिका रुपमा रहने छ । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद हुनेछन् ।

भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने मोर्चाको लक्ष्य रहेको छ । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : २८ बजे

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्