यूईएफए नेसन्स लिगको उपाधि स्पेनलाई « Khabarhub

यूईएफए नेसन्स लिगको उपाधि स्पेनलाई


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । 

जर्मनीमा गए राति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरबाट ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन । 

निर्धारित र अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो ।

स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो । स्पेनले पछिल्लो पटक सन् २०१२ मा युरोकप जितेको थियो ।

यसअघि गए राति नै भएको अर्को खेलमा नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ५४ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ