इटाली नेसन्स लिगको तेस्रो स्थानमा  « Khabarhub

इटाली नेसन्स लिगको तेस्रो स्थानमा 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालीले यूईएफए नेसन्स लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै  इटाली नेसन्स लिगमा तेस्रो भएको हो ।

नेदरल्याण्ड्समा गए राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । 

खेलको छैटौँ मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

खेलको ६८औँ मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए । तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो ।

८२औं मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले  खेल सकिनु अघि ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा पुग्यो । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा इटाली ३–२ गोलले विजयी भयो । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : १६ बजे

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक