इटाली नेसन्स लिगको तेस्रो स्थानमा  « Khabarhub

इटाली नेसन्स लिगको तेस्रो स्थानमा 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालीले यूईएफए नेसन्स लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै  इटाली नेसन्स लिगमा तेस्रो भएको हो ।

नेदरल्याण्ड्समा गए राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । 

खेलको छैटौँ मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

खेलको ६८औँ मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए । तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो ।

८२औं मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले  खेल सकिनु अघि ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा पुग्यो । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा इटाली ३–२ गोलले विजयी भयो । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : १६ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ