पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा रोक « Khabarhub

पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा रोक


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ ।

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो ।

पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै आजबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

‘नगरप्रमुख धनराज आचार्यले जारी गरेको पत्रमा दक्षिण भारतीय चलचित्र  ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा कुनै पनि भारतीय सिनेमा प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ भनी उल्लेख गरिएको छ ।

यो प्रतिबन्धसँगै पोखरा महानगरभित्रका बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुने छैन ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३९ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान