बेपत्ताको खोजी, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री « Khabarhub

बेपत्ताको खोजी, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् । 

आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए ।

भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन आग्रह गरेका थिए ।

यस्तै, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराए । 

प्रधानमन्त्री दाहालले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए ।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्री दाहालले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए ।

भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बूढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू उपस्थित थिए ।  

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : १७ बजे

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत

काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्न प्रभावकारी मोडालिटी तय गर्न महालेखाको सुझाव

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि

सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा- पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु