७० वर्ष लागेका बाबुरामले सम्झिए ४५ वर्षअघिको प्रतिबद्धता | Khabarhub Khabarhub

७० वर्ष लागेका बाबुरामले सम्झिए ४५ वर्षअघिको प्रतिबद्धता


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ७० वर्ष उमेर पुगेको जानकारी दिँदै ४५ वर्षअघि २४ वर्षको उमेरमा गरेको प्रतिवद्धता स्मरण गरेका छन् । 

एउटा सामान्य किसानको छोरो विभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन सफल भएको विषय उल्लेख गर्दै उनले आफूलाई प्रधानमन्त्रीसमेत बनाएकोमा सम्पूर्ण नेपालीमा आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो जीवनको सातौँ दशकमा प्रवेश गरेको सन्दर्भमा गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम् शिक्षासहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’ 

उनले आफूले २४ वर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको स्मरण गरेका छन । त्यही बाटोमा निरन्तर ४५ वर्ष हिंडेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले बाँकी  जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : ४० बजे

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान