७० वर्ष लागेका बाबुरामले सम्झिए ४५ वर्षअघिको प्रतिबद्धता « Khabarhub

७० वर्ष लागेका बाबुरामले सम्झिए ४५ वर्षअघिको प्रतिबद्धता


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ७० वर्ष उमेर पुगेको जानकारी दिँदै ४५ वर्षअघि २४ वर्षको उमेरमा गरेको प्रतिवद्धता स्मरण गरेका छन् । 

एउटा सामान्य किसानको छोरो विभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन सफल भएको विषय उल्लेख गर्दै उनले आफूलाई प्रधानमन्त्रीसमेत बनाएकोमा सम्पूर्ण नेपालीमा आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो जीवनको सातौँ दशकमा प्रवेश गरेको सन्दर्भमा गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम् शिक्षासहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’ 

उनले आफूले २४ वर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको स्मरण गरेका छन । त्यही बाटोमा निरन्तर ४५ वर्ष हिंडेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले बाँकी  जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : ४० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा